२६ आश्विन २०७३, बुधबार

आज विजयादशमीको दोस्रो दिन । पापकुंश एकादशी । आज पनि मान्यजनबाट दशैको टिका र प्रसाद ग्रहण गरी आर्शिवादका लागि सर्वसाधारण आफन्तजनकाहाँ जाने गर्दछन् ।

Image result for पापकुंशा एकादशी
दशैंको टिका ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म नै चलिरहन्छ । आश्विन शुक्लपूर्णिमा दुर्गापक्षको अन्तिम दिन हो । यस दिन बाँकी रहेका व्यक्तिबाट टीकाप्रसाद ग्रहण गरी यसलाई पूर्ण गरिन्छ । टीकाटालोको क्रम सकिएपछि घटस्थापनाका दिन दशैंघरमा राखिएका सारा सामग्री अवशेष पानीपँधेरा तथा जलघाटमा लगेर सेलाइन्छ ।
कोजाग्रत पूर्णिमाकै दिनदेखि महान् पर्व सकिएर अर्को ठूलो पर्व तिहारको तयारी सुरु हुन्छ । कोजाग्रत पूर्णिमाको रातमा आकशदीप बाली दीपावलीको शुरुवात गरिन्छ ।

LIVE TV