२६ आश्विन २०७३, बुधबार

भक्तपुरमा रहेको तलेजु भवानीको सेतो घोडासहित खड्ग जात्रा निकालिएको छ ।

download
विजया दशमीको राति वर्षमा एक दिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानी सहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराउने प्रचलन छ । यसलाई भक्तपुरको घोडेजात्रापनि भनिन्छ । मंगलबारको राति विवाहका लागि साईत हेर्न नपर्ने जन बिश्वास छ । केटा केटीहरु राति जात्रा हेर्न आई भागेर बिहे गर्ने चलन अझै चल्तीमा छ । ब्रम्हायणी मन्दिरबाट राति नवदुर्गा गण भक्तपुर प्रवेश गरी दरवार क्षेत्रमा तलेजु भवानीको दर्शणको लागि पर्खाईमा बसीरहेका थिए । चन्द्रमासको गतिअनुसार तलेजु भवानी स्वर्णद्धारबाट निस्के लगतै नवदुर्गा गण पालैपालो तलेजु भवानीको दर्शन गर्नु भएको थियो । तलेजुका पुजारी नाईके नरेन्द्र जोशीका अनुसार महिषासुर दानव माथि विजय हासिल गरेपछि आफ्नो वाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वास अनुसार यो जात्रा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV