२६ आश्विन २०७३, बुधबार

दीपालयमा नेपाल विद्युत प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । बुधबार बिहान विद्युतको भोल्टेजमा घटबढ हुँदा सर्ट भएर आगलागी भएको हो ।

Image result for विद्युत प्राधिकरणको सब स्टेसनमा आगलागी
आगलागीका कारण झण्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्राधिकरणले जनाएको छ । आगलागीले १५ केभिएको ट्रान्सफरमर तथा विद्युत आपूर्तिको व्यवस्थापन गर्ने फेडर जलेर नष्ट भएको छ । स्टेशनमा आगलागी भएपछि डोटी र अछाममा विद्युत सेवा पूर्णरुपमा बन्द भएको छ । यसले दार्चुला बाहेकका सुदूरपश्चिमका पहाडी जिल्लाको विद्युत सेवा पनि प्रभावित भएको छ । सब स्टेनसनमा लागेको आगो स्थानीय बासिन्दा, प्रहरी र कर्मचारीको सहयोगमो नियन्त्रणमा लिइएको थियो । नयाँ ट्रान्सफर्मर र फिडर भारतबाट ल्याउनुपर्ने भएकाले विद्युत आपूर्ति सहज बनाउन कम्तीमा एक महिना लाग्ने प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV