२६ आश्विन २०७३, बुधबार

झापाको विर्तामोडमा बुधबार बिहान दुईवटा बस आपसमा ठोक्किँदा ५५ जना घाइते भएका छन् । पूर्व—पश्चिम राजमार्गअन्तरगत बिर्तामोड नगरपालिका—१ पश्चिम धर्मकाँटा नजिकै बुधबार विहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएका हुन् ।

asfsad
बसमा दशैंको टीकाटालोका लागि आफन्तजन भेट्न हिँडेका यात्रुहरु रहेका थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ । बिराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बस र काँकरभिट्टाबाट बिराटनगरतर्फ आउँदै गरेको ना ५ ख ६५६१ बस एक आपसमा ठोक्किएका थिए ।
दुबै बसका घाइतेमध्ये २९ जनाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । १६ जनाको बिर्तासीटी र ९ जनाको मनमोहन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी गराएका छन् । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

LIVE TV