२५ आश्विन २०७३, मंगलवार

 

कञ्चनपुर, २५ असोज । कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन् ।

Image result for टीका थाप्न थारु समुदाय

पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन् । थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ ।

टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताउनुभयो ।

गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र साँस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आशिर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उहाँले बताउनुभयो ।

टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV