२५ आश्विन २०७३, मंगलवार

हिन्दुहरुको महान चाड दशैँको महत्वपूर्ण दिन विजया दशमीको अवसरमा मान्यजन , आफन्तहरुबाट दूर्गा भवानीको प्रसाद स्वरुप टीका ग्रहण गरिएको छ । दशैंको यस महत्वपूर्ण दिनलाई आम नेपालीले हर्षोल्लासका साथ मनाएका छन् ।

Image result for टीका  ग्रहण गरियो
मंगलबार बिहान ८ बजेर ४५ मिनेटको शुभ साईतबाट मान्यजनबाट आर्शीवाद स्वरुप टीका ग्रहण टीका लगाउने क्रम आरम्भ गरिएको थियो । विहानको शुभ साइत पछि टीका लगाउने क्रम जारी रहेको छ ।
यता राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विहान ८ बजेर ४५ को मिनेटको शुभसाइतमा हनुमानढोका दशैं घरका मूल पूजारी देवराज अर्यालबाट दशैंको टीका ग्रहण गर्नुभएको छ । त्यस्तै उहाँले आफ्ना दुई काका खगेन्द्र पाण्डे र जयेन्द्र पाण्डेबाट पनि टीका ग्रहण गर्नुभएको छ । टीका लगाउने कार्यक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ ।

LIVE TV