२५ आश्विन २०७३, मंगलवार

चाडपर्वहरुको ठूलो पर्व मानिने र बडाजनबाट आशिष थापिने भएकाले दशैंलाई बडादशैं समेत भनिन्छ । विजया दशमीका दिन लगाइने टीकाको यति महत्व छ कि जहाँ भए पनि दशैंको टीका लगाउन मानिस घर फर्कन्छन् । आफन्तजन पनि टीका लगाउन आउने सरसन्तानको बाटो हेरी पर्खिरहन्छन् ।

Image result for दशैंको टीका
सुनसान सडक,सबैको अनुहारमा खुसी,उमङ्ग ल्याउन सफल हुने दशै पर्वको छुट्टै महत्व छ । नवदुर्गा भवनीको ९ दिन लामो पूजा अर्चनापछि असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने पर्व, दशैँको महत्व टिकाको दिन अझ विशेष मानिन्छ । उपत्यकामा कामको शिलशिलामा आएका मानिसहरु दशैँ मनाउन र मान्यजनहरुबाट टीका थाप्नका लागि घर घर जाने गर्दछन् । यस वर्षको दशैँमा २५ लाख सर्वसाधारण बाहिरिएको तथ्याङ्कले देखाएको छ । देविका नौ रुप र हरेक रुपको आफनै महत्व रहेको छ । ति सबै देवीलाई पुजाआजा गरेपछि प्रसाद स्वरुप ग्रहण गरिने टिकामा माया , स्नेह, सद्भाव र आशिष हुने भएकाले पनि टिका थाप्नको लागि टाढाटाढाबाट घर फर्किने गर्दछन् । निधारमा लगाइने टिका र निधारमा सिउरिने जमरा देवीको समेत मनपर्ने वस्तु भएकाले त्यसलाई पनि प्रसाद स्वरुप ग्रहण गर्ने गरिन्छ ।
टीका लगाउँदा आशिष स्वरुप भनिने मन्त्र जुन लामो आयु, बल , बुद्धि र शक्तिको विषयमा रहेको छ यसले पनि आशिर्वाद ग्रहण गर्दा मन प्रफुल्लित हुने विश्वास गरिन्छ । यहि टिकाको महत्व र यो सँग जोडिएको सत्यको विजयीको गाथालाई निरन्तरता दिदै मान्यजनहरुबाट आशिर्वाद थाप्नको लागि सर्वसाधारणहरु आफन्त नातेदारहरुको घरघरमा जाने गर्दछन् । विजयादशमीको दिनबाट सुरु भएको टीका लगाउने काम कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा रहेको छ । दशैँको टिकामा मुछिएको रातो रङ्ग झै नेपालीहरुको मनमा सुख शान्ति छाओस् र सम्बन्धहरु पनि दहिमा मुछेर लगाएको टिका झै सधैँ अडिरहुन् । शुभ विजया

प्रतिक्रिया दिनुहोस्
LIVE TV