२५ आश्विन २०७३, मंगलवार

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टिलाई यथासक्य सम्बोधन गर्नुपर्ने बताउँनुभएको छ ।

Image result for नन्दबहादुर पुन
उहाँले आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट संविधान सम्बोधन गर्दै विभिन्न तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभएको छ । अघिल्लो वर्षको संविधान जारी गरेर दशैं मनाएको स्मरण गर्दै उहाँले संविधान जारी पछिको दोस्रो दसैँ मनाउँदै गर्दा संविधान कार्यान्वयन प्रक्रियाले अपेक्षाकृत गति लिन नसकेकोप्रति औंल्याउँनुभएको छ । विजयादशमीको शुभअवसरमा राष्ट्रको नाममा दिनुभएको शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देशलाई प्रकृतिको सुन्दरतासँगै हाम्रा मौलिक संस्कार, संस्कृति तथा चाडबाडले झनै सुन्दर बनाइरहेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले धर्मनिरपेक्ष हाम्रो मुलुकमा सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेकोले विजयादशमीसहित सबैखाले चाडपर्व नेपालीका साझा सम्पत्ति रहेकोमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV