२५ आश्विन २०७३, मंगलवार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन आग्रह गर्नुभएको छ ।

2016-09-03-10-54-35-bidhya
नेपालीहरुको महान् पर्व बडादशैं, तिहार,नेपाल सम्वत् र छठका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमार्फत प्राप्त उपलब्धिको रक्षा गर्न आवश्यक भएको बताउनु भएको छ । उहाँले विजया दशमीले हिमाल, पहाड, तराई–मधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्नसमेत सफल रहोस् भन्ने कामना गर्नुभएको छ । नेपालमा मनाइने चाडपर्वहरू अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेको पनि राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ । मंगलबार जारी सन्देशमा नेपालका चाडपर्वहरू अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेको पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV