२४ आश्विन २०७३, सोमबार

उर्लाबारी ९मोरङ०, २४ असोज । ट्र्याक्टरबाट खसेर मोरङ राजघाट–५ गुरुङ टोलमा आज दिउँसो एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

Image result for ट्र्याक्टरबाट घटनास्थलमै मृत्यु

मृत्युहुनेमा इटहरा–३ का २२ वर्षीय सागर धामी थारु रहेको प्रहरीले जनाएको छ । उर्लाबारी–बरडंगा सडकखण्डअन्तर्गत इटहराबाट उर्लाबारीतर्फ आउँदै गरेका को२त ४२१२ नंको ट्याक्टरबाट खसेर सोही ट्र्याक्टरका सहचालक धामी थारुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस

LIVE TV