२४ आश्विन २०७३, सोमबार

कृषि प्रधान देश भएपनि नेपालले हरेक खाद्य वस्तुमा परनिर्भरता अपनाउदै आउनु परेको छ । यद्धपि जनस्तरबाट आत्मनिर्भरताका लागि यथाशक्य प्रयासहरु भइरहेका छन् । तर सरकारले मासुजन्य वस्तुको उत्पादन बृद्धिका लागि हौस्याए पनि यसको बजार र ब्यवसाय प्रवद्र्धनमा भने ध्यान नदिएको सम्बन्धित किसानहरुको गुनासो छ ।

Image result for बंगुरपालन ब्यवसाय
सरकारको बिभिन्न किसिमका किसानमुखी योजना ल्याएपछि उत्साहित किसानहरुले सर्लाहीमा बंगुरपालन ब्यवसाय बढाएका छन । सरकारको योजना अनुसार जीविकोपार्जनका लागि गरिब र बिपन्न परिवारलाई बिभिन्न संघ संस्थाले सहयोग गरेपछि हौसिएर बंगुर पालन ब्यवसाय गदै आएका किसानहरुले पछिल्लो समय यो ब्यवसाय घाटाको ब्यावसाय बन्दै गएको गुनासो गरेका छन् । धेरै लगानी गरेर यो ब्यवसायमा आएका किसानहरु बजारमा बिचौलियाको कमिसन र दानामा भएको मूल्य बृद्धिका कारण यो ब्यवसाय घाटाको ब्यवसाय बनेको बताउछन ।
१६ बर्ष देखि ब्यवसायिक बुङगुर पालन गदै आएका सर्लाही लालबन्दी ४ का किसन सञ्जीव ब्लोन अहिले बजारमा एउटा १८ हजारको बुङगुर काट्न ६ हजार सम्म बिचौलियाले लिने गरेको बतउनु हुन्छ । ब्लोनका अनुसार केही बर्ष अघि सित्तैमा पाउने होटलका जुठो , सस्तोमा पाईने ब्राण्ड र ढुटोको कारण मनगै आम्दानी हुने ब्यवसायको रुपमा रहेको बुङगुर पालन ब्यवसाय अहिले दानामा भएको मूल्य बृद्धि बिचौलियाको मनपरी ब्यापारका कारण धराशायी वन्दै गएको छ ।
अहिले बजारमा जुठो प्रति ड्रम २० रुपैया , ढुटो प्रति केजी १६ रुपैया र बंगुरका लागि भनेर बजारमा आउने दाना प्रति केजी ३२ रुपैया पर्ने र एउटा बयस्क बुङगुरलाई सामान्य तया ३ के जी दाना खुवाउनै पर्ने बाध्यता हुने किसानहरु बताउछन् । पछिल्लो समय बिभिन्न संचरमाध्यममा आउने गरेका समाचारका कारण यो ब्यावसायमा आउनेको संख्या बढेपछि अहिले बिगतमा ३५ सय देखि ४५ सय सम्मा बिक्ने गरेको बंगुरको पाठा मुस्किल्ले १ हजार देखि १५ सय सम्मा बिक्ने गरेको किसानहरु बतउछन् ।
सीमित बजार, न्यून उपभोक्ता र बढ्दो लागतका कारण धेरै किसानहरुको लगानी डुबेको अवस्था रहेको छ । ब्यावसय बृद्धिमा सहयोग संगसंगै दाना तथा दबाई र बाह्य ब्यापारका लागि सरकारले सहयोग गरेमात्र किसानको जीवन स्तरमा सुधार आउने अन्यथा किसानहरु यो ब्यवसाय छाड्न बाध्य हुने अवस्था उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV