२४ आश्विन २०७३, सोमबार

मानिसहरुको चापलाई थेग्न निकै कठिन रहेको राजधानी काठमाडौ यतिखेर रित्तो र सुनसान छ । लाखौँ मानिसहरु दशै मनाउन राजधानी छाडेर बाहिरिएका कारण राजधानीको चहलपहल पातलिएको छ । सुनसान छ काठमाडौ न धुलो न धुँवा र न कोलाहल ।

Image result for सुनसान छ काठमाडौ
नेपालीहरूको महान पर्व बिजयादशमी नजिकिँदैगर्दा राजधानीको चहलपहल ह्वात्तै बढेको थियो तर दशै भित्रिँदै गर्दा बजार बिस्तारै सुनसान बन्न थालेको छ । केहि साता अगाडिसम्म मानिसहरुको भिड देखिने राजधानीको न्युरोड, ठमेल दरबारमार्ग लगायतका क्षेत्रहरुमा अहिले बिस्तारै सुनसान देखिन थालेको छ । राजधानीबाट बाहिर जाने र बिदेशिएका व्यक्तिहरू आउने क्रम निकै बढेको थियो तर अहिले सुनसान भएको छ ।
बिभिन्न काम तथा पढाइको सिलसिलामा राजधानी पसेकाहरु दशैंका लागि घर फर्किएका कारण चहलपहल कम देखिएको छ । संधैजसो सवारी जाम हुने काठमाडौका सडकहरु दशैको समयमा खुल्ला र रित्तो जस्तै बनेका छन् ।
दशै लागेसंगै रातको समयमा समेत बजारहरु खुलेका छैनन् । संधैजसो मानिसको भीड र यातायातका साधनहरूमा समेत यात्रुहरूको चापका कारण राजधानी उकुसमुकुस र कुनै मेला नै लागेजस्तो दृश्य देख्न सकिन्थ्यो । तर अहिले शान्त र सौम्य शहरमा परिणत भएको छ । मानिसहरुको घुईँचो लाग्ने फुटपाथ र पसलका सटरहरु बन्द छन् । भनौ सवैलाई विश्राम चाहिएको छ , एउटा महान पर्वको निरन्तरताका लागि ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV