२४ आश्विन २०७३, सोमबार

दसैं पर्वसंगै नवलपरासीको सदरमुकाम परासी बजार सुनसान बन्दा सीमावर्ती भारतीय बजारहरुमा भने नेपाली उपभोक्ताका कारण निकै चहल पहल बढेको छ ।

Image result for सीमावर्ती भारतीय बजारहरुमा भने नेपाली
यतिबेला आवश्यक सामग्री किनमेल गर्न नेपाली उपभोक्ताहरुको भारतीय बजार ठुठीबारीमा घुईचो लागेको छ । दशैंैलाई आवश्यक खाद्यान्न देखी लत्ताकपडा सामग्री खरिद गर्न भारतीय सीमावर्ती बजारमा नेपाली उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिएको हो । जिल्लाको सदरमुकाम परासी, सुनवल, बर्दघाट, दाउन्नेदेबी, गोपीगन्ज सहित जिल्लाको र ग्रामीण तथा सीमावर्ती क्षेत्रका नेपालीहरुको भारतीय बजारमा दशैंै पर्वमा आवश्यक सामग्री खरिद गर्न जमघट हुने गरेको हो । भारतीय बजारमा सस्तो मुल्यमा गुणस्तहीन सामान पाउने भए पनि उपभोक्तालाई पर्याप्त ज्ञान नहँुदा भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेका छन् । भारतीय बजारमा किनमेल गर्न नवलपरासी बाहेक छिमेकी जिल्ला चितवन र रुपन्देहीबाट समेत नेपाली उपभोक्ताहरु किनमेल गर्न आउने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV