२४ आश्विन २०७३, सोमबार

बडादशैंको अवसरमा यतिबेला नवलपरासीका बिभिन्न शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुको घुँईचो लागेको छ । नवलपरासीका शक्तिपीठहरुमा नेपालका मात्र नभई भारतीय दर्शनार्थीहरुको पनि उपस्थिति बाक्लो रहेको छ ।

Image result for शक्तिपीठहरुमा श्रद्धालुहरु
नवलपरासीको मौलाकालीका मन्दिर गैडाकोट, दाउन्ने स्थित दाउन्ने कैलाश ,पाल्ही भगबती मन्दिर, परासीको काली भगबती र दुर्गा मन्दिर, शुक्रौलीको कांडरमाता र अमरौटको कोटई माता लगायतका मंदिरहरुमा भक्तजनहरुको घँुईचो लागेका हो । बिभिन्न देवी दुर्गा माताको मन्दिरहरुमा देवी भगवती र दुर्गाको मुर्तिमा बिशेष पूजा आजा गर्न नेपाल सहित सीमावर्ती भारतीय बजारबाट समेत भक्तजनहरुको घुईचो लागेको हो । ती मठ मन्दिरहरुमा दशैं सुरु भए लगत्तै दैनिक रुपमा बिशेष पूजा आजा भईरहेका छन् । दशैको बेलामा बिभिन्न शक्ति पीठहरुमा श्रद्धालुहरु भक्तजनहरुले पूजा अर्चना गरेमा पारिवारिक शुख–शान्ति मिल्ने धार्मिक विश्वास रही आएका छ । घटस्थापना पछिका दशैंका बिभिन्न दिनहरुमा यस्ता शक्तीपीठहरुमा दुर्गालाई बोका लगायतका पशुबली दिई मिठो–मिठो खाने गरेको पाईन्छ । तराई मधेशका बिभिन्न भागमा दुर्गा भवानीको मूर्ति समेत स्थापना गरी दशैंको पूजा गर्ने चलन रहेको छ । तराई मधेशमा ठाउँ–ठाउँमा दुर्गा भवानीको मुर्ति बनाएर गाउँ भरीका मानिसले पुजा गर्ने र घटस्थापना देखि ९ दिन सम्म अधिकांशले चोखोनिति गरी दुर्गा माताको नाममा मधेशमा बस्ने पहाडी समुदायले उपवास बस्ने चलन पनि रही आएको छ ।

LIVE TV