२४ आश्विन २०७३, सोमबार

भक्तपुरमा नवमीको दिन मनाईने खँःम्य जात्रा अर्थात राँगो दौडाउने जात्रा साँझ ५ बजे बाट शुरु गर्न हुँदैछ ।

Image result for राँगो दौडाउने जात्रा
महिसासुरको प्रतीक राँगो खँःम्य जात्रा हेर्न बाटो भरी हजारौँ दर्शकहरुको भिड लाग्ने गर्छ । भक्तपुरको गछेँ स्थित नवदुर्गाको द्योछेँबाट सिँदुर र तेल दलिएका खँःम्यलाई जाँड, रक्सी ख्वाएर हजारौ दर्शकहरुको माझ दौडाउने गरिन्छ ।
यसरी जाड खुवाएको राँगोलाई नवदुर्गाको द्योछेँबाट गछेँ , साकोलान ,दत्तात्रय, सुर्यमढी, च्याम्हासिहँ, हुदै ब्रम्हायणी मन्दिर परिसरमा पु¥याइन्छ । नवमीको रात उक्त राँगो खँःम्यलाई महिसासुरको प्रतीक मानी ब्रम्हायणी मन्दिरमा नवदुर्गा गणले बलि चढाउने गर्छन । भोलि बिहान दशमीको दिन ब्रम्हायणीदेवी दर्शण गरी दशमीको टिका थाप्ने परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV