२४ आश्विन २०७३, सोमबार

विभिन्न चाडपर्वलाई मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा लिने गरिन्छ । अझ भन्नु पर्दा दसैंमा मिठो खाने बहानामा बिशेषगरी मासु र चिल्लो पदार्थ बढी खाने गरिन्छ । मासु र चिल्लो पदार्थसँगै अहिले मदिरा खाने चलन पनि तिबै रुपमा बढिरहेको छ ।

asa
भेटेसम्म खाने भन्ने हाम्रो बानीले धेरै खाँदा स्वास्थ्यलाई हानी र्पुयाउँछ भन्ने ध्यान दिने चलन छैन । दसैंमा शारीरिक परिश्रम भने कम गर्ने तर खाने कुरामा प्रशस्त मात्रामा चिल्लो र मसलेदार मासु अनि त्यसमा मदिरा समेत खाने हाम्रोे आदतले स्वास्थ्यमा विभिन्न समस्याहरु सिर्जना गर्छ । त्यसैले,यसरी मासु खाँदा परिमाणमा विचार पर्याएर मात्र खाने गर्नु पर्दछ ।

poleko-masu
१.के कती परिणममा मासु खानेः
दसैंमा विशेषगरी चिल्लो भएको मासु, आलु र चामलका परिकार बढी खाइन्छ । सेलरोटी र आलुका अचारसहितका परिकारले कोलस्ट्रोल बढाउँछ । चामलमा बढी कार्बोहाइड्रेट हुनाले शरीरलाई हानी पु¥याउने बिशेषज्ञहरु बताउँछन् । त्यस्तै, कुखुरा, माछा र अस्ट्रिचको मासु खानु राम्रो हुन्छ । बोसो र छाला फालेर मात्र मासुको उपयोग गर्नु उचित हुने कुरा डाक्टरहरुले बताउँदै आएका छन् ।
डाक्टरहरुको भनाई अनुसार मासुलाई फ्रिजमा राख्नुपर्छ । त्यस्तै मासु भुटेर राख्नु हुदैन । भुटेर राखेको मासुले शरिरलाई हानी गर्छ । त्यस्तै,भुटेको मासुले आन्द्रालाई हानी गर्नेगर्छ । त्यसैले मासु भुटेर राख्नु हुदैन, यदि राख्ने हो भने त्यसलाई फ्रिजमा राखेर मात्रै खानुपर्छ ।
मुटुरोगी, उच्च रक्तचापका बिरामी स्वासप्रश्वासका बिरामी र मधुमेहका बिरामीले सकेसम्म मासु नखाएकै राम्रो हुने डाक्टरहरुको सुझाव छ । एउटा स्वस्थ व्यक्तिले एक दिनमा सय ग्रामसम्म मासु खान हुने भएपनि दुई, चार छाक खाँदा यसको मात्रा बढाउँदा त्यसले हानी नगर्ने उनको भनाइ छ। दसैंको समयमा धेरै खानेकुरासँगै नुनको मात्रा पनि बढी हुन्छ ।
विश्व स्वास्थ्य संगठनले एक दिनमा एक व्यक्तिले एक चम्चा भन्दा बढी नुन खान नहुने भनेपनि दसैंमा तीन चम्चा भन्दा बढी खाइएको हुन्छ जुन स्वास्थ्यका लागि निकै हानीकारक छ ।

alcoholic-drinks
२.मदिरा कति खानेः
डाक्टरहरुको अनुसार चिकित्सा विज्ञानले चुरोट स्वास्थ्यका लागि खानै हुँदैन भन्छ । तर रक्सीको हकमा कम खानु मात्रै भन्छ । त्यसैले चिकित्सक रक्सी थोरै खानु भनेर भन्छन् । रेड वाइन एक गिलास, एक बोतल बियर अनि साठी एमएलसम्म ह्वीस्की खाँदा त्यसले शरीरलाई हानी गर्र्दैन।’ कतिपय समयमा यो भन्दा केही मात्रामा बढी खाँदा पनि त्यसले असर गर्दैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV