२३ आश्विन २०७३, आईतवार

दाङ, २३ असोज । बडादसैँको अवसरमा सरकारले दाङका चारजना कैदीको कैद मिनाहा गरेको छ ।

Image result for कैदीको कैद मिनाहा

सरकारले राम्रो आचरण देखाएका दुई कारागारका चारजनाको कैद मिनाह गरेको हो । कारागारमा रहँदा राम्रो आचरण देखाएको भन्दै घोराही कारागारबाट तीन र तुलसीपुर कारागारबाट एक गरी चारजना कैदीको कैद मिनाहा भएको हो ।
कैद मिनाहा पाउनेहरुमा घोराही कारागारबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय तोकिएका दाहा–७ कालीकोटका जगदीश गोराल, सवारी ज्यान मुद्दामा पाँच महिना तीन दिन सजाय तोकिएका लक्ष्मीपुर–१ का विष्णु चौधरी र कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका घोराही नगरपालिका–१ का वीरशरण चौधरी रहेको घोराही कारागारले जनाएको छ ।

यस्तै, तुलसीपुर काराकारबाट कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका हलवार–८ का धनबहादुर भन्ने घनश्याम घर्तीको कैद मिनाहा भएको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कारागारमा रहँदा राम्रो चालचलन देखाउने कैदीलाई रिहा गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV