२३ आश्विन २०७३, आईतवार

 

उर्लाबारी ९मोरङ०, २३ असोज । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

Image result for दुर्घटनामा परी दुई जनाको मृत्यु

जिल्लाको डाइनिया–७ स्थित विराटनगर–डाइनिया भित्रि सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २९ पा ४०६ नं को मोटसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ७ प ५७८५ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा बा २९ प ४०६ नंको मोटरसाइकलका चालक मोरङ उर्लाबारी–६ बस्ने २२ वर्षीय शम्भु मोहलीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । को ७ प ५७८५ नंको मोटरसाइकलका चालक मोरङ बरडंगा–९ बस्ने २९ वर्षीय सन्तोषकुमार सिंह र पछाडि सवार सोही ठाउँका २८ वर्षीय सचेन्त्रकुमार सिंह सामान्य घाईते भएका छन् । दुवै मोटरसाइकललाई प्रहरी चौकी डायनियाले नियन्त्रणमा लिएको छ ।

यस्तै, जिल्लाकै पथरी शनिश्चरेमा आजै दिउँसो बोलेरो जिपको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

पथरीशनिश्चरे –९ स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा १३ च ८३५३ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री तेह्रथुम आम्बुङ –९ का ४ वर्षिय बालक प्रतिक मगरको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

युवकमाथि खुकुरी प्रहार

यस्तै, मोरङको केराबारीमा आज दिउँसो भाइलाई झापड हिर्काएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट केराबारी–६ का होमबहादुर घिमिरे गम्भीर घाइते भएका छन् । घिमिरेले सोही ठाउँका १७ वर्षीय तेजु गिरीलाई झापड हानेपछि विवाद सुरु हुँदा गिरीका दाजु राजु गिरीले घिमिरेमाथि खुकुरी प्रहार गरेका थिए ।

गर्धनमा खुकुरी लागेका घिमिरेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गिरी फरार रहेकाले खोजी भइरहेको इप्रका, केराबारीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV