२३ आश्विन २०७३, आईतवार

 

इस्ताबुल, २३ असोज । दक्षिणपश्चिम टर्कीमा आइतबार विहान भएको एक कारबम आक्रमणमा परी १८ व्यक्तिको मृत्यु भएको छ ।

Image result for car bomb at turkey

मारिएका ती व्यक्तिहरुकामध्ये आठ जना सर्वसाधारण रहेका टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिरीमले बताउनुभएको छ । आत्मघाती आक्रमणकारीले पाँच किलोको विस्फोटक पर्दाथ बोकेको कारबम विस्फोट गराएको यिल्दिरीमले एक पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

हक्कारी प्रान्तमा भएको यस बम आक्रमणमा १० सैनिक र १६ सर्वसाधारण घाइते भएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर कुर्दिस वर्करस् पार्टी ९पिकेके०ले यो आक्रमण गराएको आरोप लगाइएको सरकारी समाचार समिति आनादोलुले बताएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
LIVE TV