२३ आश्विन २०७३, आईतवार

निर्माण अवधि सकिएर ५ पटक समय म्याद थपगर्दा समेत धौलागिरी अञ्चल अस्पतालको ‘वि’ ब्लकको भवन निर्माण हुन सकेको छैन । भवन डिभीजन कार्यलय बागलुङ मार्फत मिलीनीयम विल्र्डस सहित ५ ओट निर्माण कम्पनीले २०६६ बैशाख ६ गतेबाट उक्त भवन निर्माण शुरु गरेको हो । तर २ बर्षमा सम्पन्न गर्ने गरी काम सुरु गरेको भएपनि ७ बर्ष वितिसक्दा समेत भवन निर्माण भने अझै सम्पन्न हुन नसककेको हो ।

download
भवन निर्माण नहँदा अञ्चल अस्पतालले बिषेशज्ञ सेवा सहित ओपीडी कक्ष सञ्चालनमा समस्या भएको छ । मिलीनियम विल्डर्स सहित आषिश निमार्ण सेवा भरतपुर,भिम ज्योति प्रालि भरतपुर,जय बाबागोरख कन्स्ट्रक्सन धादिङ,नयाँबाटो निर्माण सेवाकास्की ले ९ करोड ३० लाखको योजना ६ करोड ६० लाख ३९ हजार २ सय १४ मा निमार्ण सम्झौता गरेका थिए । पहिलो पटकको सम्झौता २०६८ बैशाख ५ गते नै सकिएको थियो । त्युपछि शहरी विकास तथाभवन डिभिजन बिभागले हरेक ६ महिनामा निर्माण अवधि थप गर्दै आएको छ ।
अन्तिम पटक थपिएको म्याद पनि २०७३ असार ३० गते सकिएको छ । निमार्णका लागि तोकिएका सबै अवधि सकिएपछि विभागले कारवहीको प्रक्रिया स्वरुप पहिलो चरणमा भदौ २८ गते भित्र निर्माण सम्पन्न नहुनुको कारण,बाँकी काम गर्न सक्ने समय तालिका, श्रोत परिचालनको अवस्था र प्रतिबद्वता सहित स्पष्टीकरण मागेको भवन डिभिजन कार्यलय बागलुङकाइन्जीनियर तथा साइड इन्र्चाज तेजेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो । निमार्ण कम्पनीले पनि बिभागमा स्पष्टीकरण पेश गरिसकेको जनाएको छ । तर बिभागले म्याद थपगर्ने वा कालोसुचिमा राखीप्रतिदिन ०.१५ प्रतिशतका दरले हर्जाना लगाइ कारवाही समेत गर्न सक्ने इन्जीनियर पौडेलले बताउनुभयो ।
निमार्णकम्पनीहरुले भने विद्युतको ११ हजार भोल्टजको हाइटेन्सन लाइन,नाकाबन्दी र ,भुकम्पको कारण तोेकिएको समयमा काम गर्न नसकेको जनाएका छ । कम्पनीका सिभीलइन्जीनियर सुदिप पोखरेलका अनुसार अहिलेसम्म भवनको ९० प्रतिशत काम सकिएको छ । झ्याल ढोका फिटीङ,रङरोगन ,टायल फिटीङ लगायतका फिनीसीङका काम मात्रै बाँकी रहेकोले पौष मसान्त सम्ममा काम सक्ने गरि काम गरिएको पोखरेलले बताउनुभयो ।
निमार्ण कम्पनीले अहिले सम्म ६ करोड १६ लाख ८० हजार २ सय २४ रुपयौँ भुतmानी लगिसकको छ । तर निर्माण कम्पनीको लापरवाहीको कारण अस्पताल भवन समयमै निमार्ण हुननसक्दा अस्पतालको सेवा प्रभावित भएको छ । धौलागिरीको मुख्य अस्पतालमा बिषेशज्ञ सेवाका लागि खरीद गरीएका सामान,बिषेशज्ञ डाक्टरद्वार उपचारको लागि ओपीडी कक्ष,तथा आइसीयु कक्ष निर्माणमा समेत समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष टिकाराम सापकोटाले जानकारी दिनुभयो ।
२०६५ सालमा जिल्ला अस्पतालमा स्तरोन्नति भएसँगै ३ ओटा ब्लक बनाएर निमार्ण सुरु गरिएको अञ्चल अस्पतालमा पहिलो ब्लक‘ए’ निर्माण सम्पन्न भै सेवा सञ्चालन भैरहेको छ । तेस्रो ब्लक‘सि’को समेत निर्माण अवधि सकिएपनि काम भने करीब ३० प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV