२३ आश्विन २०७३, आईतवार

खोल्सामा फल्ने सुन मानिन्छ अलैचीलाई । यही अलैची खेती पूर्वी पहाडी जिल्लाका किसानहरुका लागि आयआर्जनको प्रमुख श्रोत पनि हो । मेहनत पनि त्यसरी नै गर्छन किसानहरु अलैची खेतीमा तर मूल्यमा हुने उत्तारचढावले उनीहरुलाई बढी निराश पार्दै आएको छ ।

Image result for अलैचीको मूल्य
यसबर्ष अलैचीको मुल्यमा गिरावट भएकोमा पाँचथर जिल्लाका कृषकहरु निराश भएका छन् । १ लाख २० हजार रुपैया प्रति मनमा बिक्रि हुने गरेको अलैची अहिले प्रति मन ६० हजार रुपैया झरे पछि कृषकहरु निराश भएका हुन् । गतबर्षको तुलनामा यस बर्ष ५० प्रतिशतले घटेको हो । पाँचथरको सबै गाबिसमा अलैची खेती हुने गरेको छ । रबि, याङनाम, र्थपु, रानीटार लगायत २५ गाबिसका अधिकांश नागरिक अलैची खेतीमा निर्भर रहेका छन् ।
नेपालको अलैची भारतीय लोगो प्रयोग गरी भारत मार्फत पाकिस्तान, दुबई, संयूत्त अरब लगायत ७ राष्ट्रमा बिक्री हुने गरेको छ । तर असार २९ गतेबाट नेपाल सरकारले अन्य राष्ट्रमा सोझै निकासीको व्यवस्था गरेको छ । त्यसमाथि भारतीय अलैची ब्यबसायीहरुले नेपालको अलैचीमा मिसावट भएको गलत हल्ला चलाएपछि अन्य देशमा निकासी हुन छोड्दा मूल्य घटेको अलैची ब्यबसायीहरुको भनाइ छ ।
पाँचथरमा एक हजार ७ सय ३१ हेक्टरमा अलैची खेती हुने गरेको छ । गत बर्ष ६ सय २७ मेट्रिक टन अलैची उत्पादन भएको थियो । जिल्ला कृषि बिकास कार्यलयको अनुसार समयमै मुनसुन भएको र गुरस्तरीय प्राबिधिक ज्ञान दिएकोले यसबर्ष १० प्रतिशतले अलैची उत्पादनमा बृद्धि हुने अपेक्षा रहेको छ । देशको ४० जिल्लाबाट पाँच हजार मेट्रिक अलैची निकासी हुँदा ८३ प्रतिशत पूर्वी पहाडमा उत्पादन हुँदै आएको छ । पाँचथरमा साउले, सामसाही, गोल्साइ, भार्लाङ र जिर्मलेमा अलैची बढि उत्पादन हुने गरेको छ । अलैचीको राम्रो भूल्य पाउने गरेकोले अहिले जिल्लाका अधिकांश कृषकहरुले अन्य खेती हटाइ अलैची खेती सुरु गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV