२३ आश्विन २०७३, आईतवार

 

सरकारले चाडपर्वमा फजुल खर्च नगर्न आग्रह गरिरहेको बेला विराटनगरमा लाखौं रुपैयाँ खर्च गरेर मण्डप बनाउने होडबाजी चलेको छ । यसपटकको दशैंमा विराटनगरमा मात्र करिब एक करोड रुपैया बराबरका एक दर्जन मण्डपहरु निर्माण गरिएका छन् ।

Image result for मुर्ती राख्न मण्डपहरु

विजयादशमीको उपलक्ष्यमा दुर्गा भवानी लगायतका देवी देवताहरुको माटोको मुर्ती राख्न मण्डपहरु बनाइएका हुन् । विराटनगरमा यस पटक करिब तीन किलोमिटरको क्षेत्र भित्र लाखौं रुपैया खर्च गरेर मण्डपहरु सजाइएका छन् । यी मण्डप बनाउन मात्र करिब एक करोड खर्च लागेको आयोजकहरुले बताएका छन् ।मण्डपहरुका लागि बिजुली, डेकोरेशन र माटोको मुर्ति बनाउन भारतको सिलिगुडी र कलकत्ताबाट कालिगढहरु झिकाइएका थिए । सप्तमी देखि विजयादशमी सम्मका लागि मात्र स्थापना गरिने यस्ता मण्डपमा दर्शनार्थीको संख्या भन्दा अनुत्पादक खर्च बढी हुने गरेको गुनासो स्वयं भक्तजनहरुले गरेका छन् ।

तीन चार वर्ष अगाडिसम्म विराटनगरमा चार ठाँउमा मात्र ठूलो लगानीमा मण्डप बनाएर दुर्गा भवानीको पूजाआजा गरिदै आएकोमा यस वर्ष यस्ता मण्डपहरु एक दर्जन पुगेका छन् । आयोजकहरुबीचको अनावश्यक प्रतिस्पर्धाका कारण पूजाआजाका नाममा एकातिर वर्षेनी लाखौं रुपैया भारतीय कालिगढ मार्फत बाहिरिरहेका छन भने अर्कोतिर पूजाआजाका नाममा चन्दा उठाउने गलत प्रवृत्ति समेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV