२३ आश्विन २०७३, आईतवार

बागलुङमा आइतबार एकै दिन दुई बेवारिसे शव फेला परेको छ ।

Image result for बेवारिसे शव फेला
बागलुङ्ग नगरपालिका वडा नं १ रामरेखामा एक युवाको शब फेला परेको छ । मृतक रामरेखा बस्ने लक्ष्मण केसीका २४ बर्षीय छोरा दिपक केसीको भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । शब राजभण्डारी अटोमोबाइल नजिक सडकको नालीमा वेवारिसे अवस्थामा बिहान भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङ्गका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । यसैगरी, आजै बागलुङ कालिका भगवति मन्दिर नजिकै एक जना मृत अवस्थामा भेटिएका छन् । मृत अवस्थामा भेटिएको शव मन्दिरमा बस्दै आएका जोगिको भएको बताइएको छ । नाम ठेगाना र आफन्त समेत केही नभएको बुझिएकाले उक्त शव पोष्टमार्टम गरी बागलुङ नगरपालिकाको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरिक्षक सिहंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV