२२ आश्विन २०७३, शनिबार

जाकार्ता, २२ असोज । इन्डोनेसियाको एक नदीमा शनिबार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा परी सात किशोर वेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

Image result for boat sank in indonesia

वेपत्ता भएका ती व्यक्तिहरु मारिएका हुन सक्ने समेत आशङ्का गरिएको छ। ‘इस्लामिस्ट बोडिङ्ग स्कूल’का २५ जना किशोर बिद्यार्थीहरु सवार रहेका सो डुङ्गा बेङगवान सोलो नदीमा पल्टेको बताइएको छ ।

डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेका हुनाले दुर्घटना भएको अधिकारीहरुले आशङ्का गरेका छन् ।

वेपत्ता भएका विद्यार्थीहरु १२ देखि १९ बर्षसम्मका रहेका छन् । यस दुर्घटनबाट १८ जना यात्रुलाई भने उद्धार गरिएको स्थानीय प्रकोप व्यवस्थान अधिकारी सुप्रापटोले बताएका छन् ।

खराव मौसमको कारण उद्धारकार्यमा समेत कठिनाई परेको बताइएको छ । इन्डोनेसियामा जलक्षेत्रमा चल्ने यातायातको सुरक्षा व्यवस्थानमा कमि रहेका हुनाले यहाँ बारम्बार यस्तो दुर्घटना हुने गरेको पाइन्छ ।

गत महिना पनि बाली द्वीपमा भएको एक डु्ङ्गा दुर्घटनामा दुई विदेशीसहित १८ को मृत्यु भएको थियो । रासस ÷एएफपी

प्रतिक्रिया दिनुहोस्
LIVE TV