२२ आश्विन २०७३, शनिबार

 

रत्ननगर ९चितवन०, २२ असोज । दशैँको अवसरमा नारायणगढ लायन्स÷लियो मौलाकालिका खुल्ला शान्ति दौड प्रतियोगिता–२०७३ को उपाधि धादिङका हरि रिमालले जितेका छन् ।

Image result for दशैँ शान्ति दौडको उपाधि

लायन्स क्लव अफ नारायणगढ र लियो क्लव अफ नारायणगढको संयुक्त आयोजनामा आज बिहान भएको दौडमा ६० जनाभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै रिमालले उपाधि जितेका हुन् । उनले उपाधिसँगै रु १५ हजार पुरस्कार पाएका छन् ।

उनले नारायणगढको लायन्सचोकदेखि नवलपरासीको गैंडाकोटको मौलाकालिका मन्दिरसम्मको दुरी २४।१६ मिनेटमा पुरा गर्दै प्रथम भएका हुन् । उनी गत वर्षको पनि विजेता हुन् ।

यस्तै, पाँचथरका भूमिराज राईले २४।२२ मिनेटमा दुरी पार गर्दै द्वितीय र रामेछापका होमलाल श्रेष्ठले २४।३५ मिनेटमा दुरी पार गर्दै तृतीय भए । दुवैले क्रमशः रु १० हजार र रु पाँच हजार प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई लायन्स इन्टरनेसनल ३२५ बी टु का डिष्ट्रिक्ट गभर्नर घनश्याम भट्टराईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

विगत १८ वर्षदेखि देशमा अमनचैन र शान्ति छाओस् भन्ने पवित्र उद्देश्य लिएर नारायणगढ लायन्स÷लियो क्लबले मौलाकालिका शान्ति दौड प्रतियोगिता गर्दै आइरहेको छ । रासस

LIVE TV