२२ आश्विन २०७३, शनिबार

 

कञ्चनपुर, २२ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नारायणप्रकाश साउदले बदलिँदो परिवेशअनुसारको व्यवहारमा आधारित शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।

Image result for नारायणप्रकाश साउद

नेपाल मानवअधिकार तथा विकास सङ्गठनद्वारा आज कञ्चनपुरको झलारीमा आयोजित “शिक्षामा सङ्घीयता” विषयक प्रत्यक्ष संवाद कार्यक्रममा उहाँले रोजगारी सिर्जना गर्ने र देशलाई समृद्धितर्फ लैजाने शिक्षाको आवश्यकता रहेको छ भन्नुभयो ।

नेता साउदले संविधानमा मौलिक हकअन्तर्गत शिक्षालाई राखिएको उल्लेख गर्दै आधारभूत तह निःशुल्क र अनिवार्य तथा माध्यमिक तह निःशुल्क गरिने व्यवस्था भएकाले यसलाई व्यवहारमा कार्यान्वयन गर्न सबैले लाग्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV