२२ आश्विन २०७३, शनिबार

काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपतिको हातबाट विशिष्ट महानुभावले अपराह्न १ बजेदेखि अपराह्न २ बजेसम्म टीका ग्रहण गर्न सक्नेछन् । त्यस्तै, अन्य इच्छुक महानुभावका लागि अपराह्न २ बजेदेखि अपराह्न ५ बजेसम्मका ढोका खुला रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

bhandari

————–

संविधानलाई संस्थागत गर्दै सम्मुन्नत नेपाल निर्माणमा सबै लाग्नुपर्ने राष्ट्रपति भण्डारीको धारणा, नेपालीबीच आपसी भातृत्व कायम गर्न बडादशैं सफल हुने विश्वास

————–

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई संस्थागत गर्दै सम्मुन्नत नेपाल निर्माणमा सबै लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सबै नेपालीबीच आपसी भातृत्व कायम गर्न बडादशैं सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विजयादशमीका अवसरमा जारी वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव, जातजाति र समुदायसमुदायबीच आपसी भ्रातृत्व कायम गर्न बडादसैं सफल रहोस् भन्ने शुभकामना गर्नुभएको छ । उहाँले अनेकतामा एकता र सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रूपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएकाने छ । विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीका विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रूपमा कायम रहने उहाँको विश्वास छ ।
०००

प्रतिक्रिया दिनुहोस्
LIVE TV