
काठमाडौं, २२ असोज । नेपाल टेलिकम एनटिसीको मोबाइल सेवामा समस्या आएको छ । आज बिहानैदेखि टावरमा समस्या आएको आएको नेपाल टेलिकमले जनाएको छ ।
देशभर मोबाइल सेवा बिग्रँदा सेवाग्राही मर्कामा परेका छन् ।
प्राविधिक कारणले सेवामा समस्या आएकाले सेवा सञ्चालन हुन समय लाग्ने टेलिकमले जनाएको छ । अहिले केहीबेरपछि मात्रै सेवा खुल्ने सम्भावना रहेको टेलिकमले जनाएको छ ।