२२ आश्विन २०७३, शनिबार

आज फुलपाती । दशैँ मनाउन र माता दूर्गा भवानीको प्रसाद ग्रहण गर्नका लागि काठमाडौँबाट घर फर्किनेहरुको लर्को लागेको छ । फुलपाती देखि नवमीमा सबैभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिने गर्दछन् । घटस्थापना सुरु भएको दिन देखि नै काठमाडौँबाट घर फर्किनेहरुको ओइरो लागेको छ । त्यति मात्र नभई सास्ती र निकै दुःखका बिच उपत्यका छोडेर दशैँ मनाउन बाध्य छन्, सर्वसाधारण ।

adsad
दशैं सुरु भएसँगै काठमाडौ छाड्नेको संख्या दिनानु दिन बढ्दै गएको छ । लामो दुरिका यात्रुहरुले यातायात अभाव भएको भन्ने गुनासो गरेपछि सरकारले सरकारी साझा बस,निजी स्कुल बस र नेपाली सेनाको सबबाट यात्रुहरुलाई गन्तब्यसम्म पु¥याउने व्यवस्था गरेको थियो । यातायातका केहि सहज भएपछि अहिले सम्ममा करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको टा«फिक प्रहरीको तथ्याङ्कले देखाएको छ । ट्राफिक तथ्याङ्क अनुसार नागढुंगा नाकाबाट बिहीबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् । शुक्रबार फुलपाती सुरु चएपििछ यसको मात्रा झन बढ्ने अनुमान गरिएको छ । उपत्यकाका सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारणहरु मंगलबारमात्र बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार मात्रै उपत्यकाबाट १० हजार ६६ सवारीसाधन बाहिरिएका छन । ट्राफिक प्रहरीका अनुसार मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको छ । दशैंमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ । यो वर्ष १४ लाखभन्दा धेरै टिकट बिक्री भइसकेको यातायात कार्यालयले जनाएको छ । यातायात व्यावसायीहरुका अनुसार फूलपातीको अघिल्लो दिन, फूलपातीको दिन र अष्टमीको दिनमा सबैभन्दा धेरै यात्रु बाहिरिने गर्छन् । अष्टमीदेखि दशैंको दिन सम्म काठमाडौंका सडकहरु प्राय सुनसान हुने गर्दछ । सरकारले फुलपाती देखि सार्वजनिक विदा दिएसँगै थप सर्वसाधारण बाहिरिने अनुमान लगाउन सकिन्छ । यद्यपी दशैँको टीका ग्रहण गर्नका लागि सर्वसाधारण बाहिरिएपनि निकै कष्ट भोग्न बाध्य छन् । पुर्व पश्चिम राजमार्गको मुग्लिन सडक खण्डको निर्माण र विभिन्न ठाउँमा गएको पहिरोले गर्दा सर्वसाधारण समय भन्दा निकै सास्ती खेप्दै पुग्नुपरेको गुनासो भने यथावत छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV