२२ आश्विन २०७३, शनिबार

कार्तिक १९ देखि दर्शकमाझ रीलीजमा आउँदै गरेको फिल्म ‘जात्रा’को अफिसियल ट्रेलर सार्बजनिक भएको छ । करिब तीन मिनेट लामो फिल्मको रीलीज ट्रेलरमा युवापुस्तामा पलाउने पैसाको मोह र हाम्रै समाजमा रहेको कला संस्कृतिलाई पर्दामा उतार्ने प्रयास गरीएको छ ।

asdasad
फिल्मलाई षडकोण आर्टस्को प्रस्तुतीमा रबिन्द्र सिंह बानियाले निर्माण गरेका हुन् । त्यस्तै फिल्मलाई प्रदिप भट्टाईले निर्देशन गरेका छन् । फिल्ममा बिपिन कार्की,रबिन्द्र सिंह बानिया,रबिन्द्र झा,बर्षा राउत,प्रेच्या बज्रचार्य,प्रकाश घिमिरे,प्रविन खतिवडा,कमल मणी नेपाल, भोलाराज सापकोटा लगाएतको अभिनय रहेको छ ।

फिल्मको कथा पनि निर्देशक भट्टराईले नै लेखेका हुन् । ‘जात्रा’फिल्मको अन्य निर्माताहरुमा सिङ्गे लामा र यादब पौडेल पनि रहेका छन् । कार्तीकको १९ बाट ‘जात्रा’फिल्म सँगै द फेमस र द विनर पनि दर्शकमाझ हलमा लाग्दैछन् ।

sarad

प्रतिक्रिया दिनुहोस्
LIVE TV