२१ आश्विन २०७३, शुक्रबार

 

इस्तानबुल ९टर्की०, २१ असोज । इटालीका विदेश मन्त्री पाओलो जेन्टिलोनीले टर्की र यूरोपियन युनियन ९इयू०बीच भएको आप्रवासी समस्या समाधानका लागि भएको सहमतिको प्रशंसा गर्दै यस्तै सम्झौता इयू–अफ्रिका बीच पनि हुनुपर्ने बताउनुभएको छ ।

Image result for इटाली

इयू र टर्कीबीच गत मार्चमा भएको सम्झौताले यूरोपमा आप्रवासी समस्यालाई कम गर्न सहयोग गरेको बताउनुहुँदै अफ्रिकाबाट यूरोप प्रवेश गर्ने शरणार्थीको प्रवाहलाई कम गर्न र आप्रवासी व्यवस्थापन समस्यालाई हल गर्न इयूले अफ्रिकासँग पनि यसै प्रकारको सहमति गरी अघि बढ्दुपर्ने बताउनुभयो ।

विश्वका केही मुलुकमा व्याप्त द्वन्द्व र गरिवीबाट उम्कन सन् २०१५ मा मात्र करिव १० लाख आप्रवासी शरणार्थीको रुपमा भूमध्य सागरीय क्षेत्र हुँदै यूरोप पुगेका थिए । तर टर्कीसँग इयूको सम्झौता ग्रीसका विभिन्न टापू हुँदै इरोप छिर्ने शरणार्थी सङ्ख्यामा उल्लेख्य कर्मी आएको छ ।
सम्झौता अनुसार टर्की हुँदै यूरोप जाने आप्रवासीसँग शरणार्थीका लाग आवश्यक पर्ने कागजात माग गर्दै कडाई गरिएपछि शरणार्थीका कारण यूरोपमा परेको बोझमा कमी आएको छ । रासस÷एएफपी

LIVE TV