२१ आश्विन २०७३, शुक्रबार

दमौली, २१ असोज । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन क्षेत्रमा देखिएको विकृति र विसङ्गति हटाउन आफू हरतरहले लागिपरेको जानकारी दिनुभएको छ ।

Image result for मन्त्री शङ्कर भण्डारी
तनहुँको भानु नगरपालिका–१ स्थित सत्यवती आमा समूहको भन्सार नागनागिनी तथा सरसफाइ उपभोक्ता समितिद्वारा दसैँका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।

अर्को प्रसङ्गमा मन्त्री भण्डारीले तीन वटै तहको निर्वाचन गर्न तीन ठूला दल मिल्नाको विकल्प नरहेको बताउँदै संविधानमा आवश्यक संशोधन गरेर भए पनि मधेसी मोर्चाका जायज माग सम्बोधन गर्ने पक्षमा सरकार रहेको छ भन्नुभयो ।

मन्त्री भण्डारीले भानु चोकस्थित प्राइम फ्युचर युवा क्लबद्वारा आयोजित चौथो खुल्ला नृत्य प्रतियोगिताको पनि उद्घाटन गर्दै परम्परागत संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV