२१ आश्विन २०७३, शुक्रबार

नारायण नगरपालिका दैलेखले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्न थालेको छ । पारदर्शीता कायम गर्ने र सहजतापुर्वक भत्ता बितरण गर्ने उदेश्यले यो बर्षदेखि नगरपालिका भित्रका बृद्ध, अपाङगता भएका र एकल महिलाहरुलाई बैक मार्फत खाता संचालन गरेर भत्ता बितरण कार्य सुरु गरेको छ । Image result for दैलेख
पहिलो चौमासिक देखिनै खाता खोल्ने र रकम बितरण गर्ने कार्य एकैपटक सुरु गरेपछि पहिलो पटकका लागि सामाजिक सुरक्षा भत्ता लिन आएकाहरुलाई भने सकस भएको छ । दशैको मुखमा पनि विगत ४ दिनदेखि बृद्ध बृद्धाहरु लाइनमा बस्न बाध्य छन् । १७ सय बढी जेष्ठ नागरिक, एकल महिलाहरुले एकै पटक सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु भएकोले विगत चारदिन देखि बैकमा बृद्ध बृद्धाहरुको भिड देखिएको छ ।
नारायण नगरपालिका कार्यालय दैलेखले एन.एम.वि. बैक मार्फत खाता संचालन गरेको छ । दशै नजिक आएकोले बिहान ८ देखि साँझ ७ बजेसम्म थप कर्मचारी राखेर रकम प्रदान गरिएको बैकका प्रवन्धक मित्र प्याकुरेलले जानकारी दिनुभयो । शनिवार सम्म सेवा दिने बैकले बताएको छ । बाईट मित्र प्याकुरेल ।
सामाजिक सुरक्षा भत्ता मात्र हैन जिल्लाको एउटा मात्र सरकारी बैकको रुपमा रहेको राष्ट्रिय बाणिज्य बैकमा पनि ७ दिनदेखि लगातार भिड देखिएको थियो । तर शुक्रबार ४ बजेसम्म सेवा प्रदान गरेर कारोवार बन्द गरिएको बाणिज्य बैक दैलेखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV