२१ आश्विन २०७३, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैं २०७३ को अवसरमा १०४ कैदीलाई माफी दिनुभएको छ ।

Image result for राष्ट्रपति विद्यादेवी भण्डारीले
मन्त्रिपरिषद्को सिफारिसमा बडादसैँ, २०७३ का उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका १०४ कैदीलाई माफी दिनुभएको हो ।
कारागार नियमावली, २०२० एवम् सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यावधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV