२१ आश्विन २०७३, शुक्रबार

नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु रिमालले श्रमिकहरुको हक अधिकारको लागि ट्रेड युनियन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Image result for अध्यक्ष विष्णु रिमाल
मर्यादित कामका लागि मनाइदै आएको विश्व दिवसका अबसरमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष रिमालले श्रमीकहरुले जोखिमपुर्ण काम जबरजस्ती गर्नुपर्ने, महिलापुरुषमा काम तथा ज्यालाको भेदभाव, पेन्सन नहुने जस्ता समस्या अझैपनि झेल्दै आएकोले यसको अन्त्य हुनुपर्ने बताउनुभयो । व्यवसायिक लोभले गर्दा यी समस्याहरु झेल्नुपरेको उल्लेख गर्दै उहाँले श्रमीकहरुको सामाजिक सुरक्षाको लागि महासंघले पहल गरिरहेको प्रष्ट पार्नुभयो ।
विश्वभरका ट्रेड युनियनहरुको आह्वानमा मनाईने दिवस यस बर्ष श्रमीकहरुले झेल्दै आएका समस्याका बारेमा केन्द्रित गरिएको छ । हरेक बर्ष अक्टोबर ७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

LIVE TV