२१ आश्विन २०७३, शुक्रबार

इनरुवा, २१ असोज । यहाँ छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

Image result for दुई जनाको मृत्यु
सुनसरीको सीमावर्ती गाविस कप्तानगन्ज–९ मा आज खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको हो । स्थानीयवासी मुक्तार अन्सारी मियाका तीन वर्षीय छोरा सखिबको आफ्नै घर नजिक खाडलमा जमेको पानीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी सप्तकोसी नदीमा सोमबार साँझ कोसीले बगाएर बेपत्ता भएका वराहक्षेत्र गाविस–१ का देवराज सुवेदी मृत फेला परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV