२१ आश्विन २०७३, शुक्रबार

काठमाडौँ, २१ आसोज । प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समिति९रासस०का अध्यक्ष कुलचन्द्र वाग्लेले प्रजातन्त्र विभिन्न विचार र वादलाई समन्वय गर्ने र ठाउँ दिने राजनीतिक प्रणाली हो भन्नुभएको छ ।

download-45

प्रजातान्त्रिक विचार समाज, काभ्रे शाखाले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो – नेपालको बौद्धिक वर्गले वैचारिक बहसलाई सशक्त बनाउन समाजसँग आग्रह गरिरहेको छ ।

अध्यक्ष वाग्लेले “राजनीतिमा बढेको विचारहीनताका कारण समाजजस्ता संस्थासँग यस्तो आग्रह बढेको स्पष्ट गर्नुभयो ।”

हाम्रा चाडपर्व सामाजिक, साँकृतिक र आर्थिकरुपले सम्बद्ध रहेको बताउँदै उहाँले प्राकृतिक, भौतिक र कृषिसँग हाम्रा साँस्कृति र पर्वको साइनो रहेको छ भन्नुभयो ।

नेपाली काँग्रेसका नेता एवम् सांसद कञ्चनचन्द्र वादेले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै त्यसको पूर्ण कार्यान्वयन अहिले प्रमुख आवश्यकता छ भन्नुभयो ।

काँग्रेस काभ्रेका सभापति मधु आचार्यले लोकतन्त्र सुदृढ गर्नका लागि वैचारिक अभियान जरुरी भएको बिचार व्यक्तगर्नुभयो ।

समाज काभ्रे शाखाका सभापति भोला केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका महासचिव गोकर्ण अर्याल, प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा, काँग्रेस काभ्रेका उपसभापति अच्युत पौडेल, क्षेत्र– २ का सभापति रमेश हुमागाइँ, निजामती कर्मचारी सङ्घ काभ्रेका अध्यक्ष राजकुमार हुमागाइँ, समाजका सचिव शेखर दुलाललगायतले प्रजातान्त्रिक समाजवादका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा गायक रामहरि न्यौपानेले शुभकामना गीत पनि प्रस्तुत गर्नुभयो । रासस

LIVE TV