२१ आश्विन २०७३, शुक्रबार

दशैको पाँचौ दिनलाई मुख्य अवसर पारेर मनाईने काठमाडौंको प्रख्यात पचली भैरब जात्रा सम्पन्न भएको छ । पचली भैरबको जात्रा पचली क्षेत्रमा पर्ने पुरानो काठमाडौको द्वारमा मनाउने चलन छ । भैरवको मूर्ति जडित ठूलो घ्याम्पोलाई खटमा बोकेर नगर परिक्रमापछि घरमा पाला भित्राएर पचली भैरवको जात्रा सम्पन्न भएको विश्वास गरिन्छ । यो जात्राको नेवार समुदायमा निकै ठूलो महत्व रहेको छ ।

Image result for पचली भैरव जात्रा
राजधानीको टेकुस्थित ओहिटी टोलका चित्रकार समुदायले आयोजना गर्ने परम्परा अनुसार दुईदिने पचलीभैरव जात्रा बुधबार र बिहीबार मनाएर सम्पन्न भएको छ । जात्रा नौरथाको चौथी र पञ्चमी तिथिमा मनाइने गरिन्छ । बुधबार बाजागाजाका साथ पचलीभैरवलाई मल्ल राजाका सन्तति (छपुजुजु) को घर पु¥याएपछि पचली पीठमा लगेर पचलीभैरवको पुरानो घ्याम्पो फेरिएको थियो ।
त्यस्तै मूर्तिको कानमा कुण्डल र सुनको मोलम्मा लगाइएको नृत्य मुद्रामा ६ हातको भैरव मूर्ति सहित तामाको ठूलो घ्याम्पोमा श्रद्धालु भक्तजनहरुले पुजा अर्चना गर्छन् । त्यसपछि जाँड, रक्सी, फूल, माछा आदि भर्ने काम गर्नुका साथै थकुजुजुद्वारा मासाँहुति यज्ञ गरिन्छ । यसअघि मूर्तिलाई क्वहिटीमा चित्रकारको घरमा रङरोगन गरी आँखामा दृष्टि खोल्ने काम गरिसकेपछि थकुजुजुको घरमा पु¥याईन्छ ।

पचली भैरवको जात्राको आफनै किंवदन्ती रहेको छ । फर्पिङका राजा पचलीभैरव टेकु घुम्न आउँदा खड्गी समुदायकी एक युवती (नैनी अजिमा)सँग पे्रममा परे । त्यसपछि राजा नैनीलाई भेट्न आउने क्रम चल्यो । एकदिन राजा भेष बदलेर नैनीलाई भेट्न आए र भेष बदलेका राजालाई नैनीले चिन्न सकिनन् । चिन्न नसकेपछि राजाले अचम्म मान्दै मलाइ चिन्नु भयो भनी सोध्दा उनको स्वरुप देखेपछि डराएर नैनीले अक्षता हान्न सकिनन् र भागिन् । नैनी भागेपछि आफ्नो स्वरुप देखेर सर्वसाधारण पनि डराउलान् भनेर राजा अहिलेको पचली पीठमा गएर बसेको किंवदन्ती रहेको छ । त्यहाँ उनी शरीरको कम्मरमुनिको पृष्ठ भाग देखाएर बसेको उनका १२ जना साथीले देखेपछि पचलीभैरवको जात्रा सुरु गरेको मानिन्छ । जात्राको अन्तिम दिन बिहीबार पचली पीठबाट रुद्रविनायक, गणेश, अजिमा र पचलीभैरवको घ्याम्पो बाजागाजासहित टेकु परिक्रमा गराइन्छ । परिक्रमापछि गुर्जुको पल्टनले तीन तोपको सलामी दिएर जैसीदेवल हुँदै हनुमानढोका लगी पूजा गर्ने परम्परा छ । बिहीबार राति ११ बजे कुमारीलाई पनि जात्रा देखाइएको थियो । जात्रा पचलीभैरवका १२ जना साथीले सुरु गरेकाले जात्राका गुठियार वा खलक पनि १२ रहेका छन् । सबै गुठियारले पालैपालो जात्रा गर्नुपर्ने परम्परा अनुसार यस वर्ष न्यायपाँचो खलकले जात्रा निकालेका थिए । कुमारीलाई जात्रा देखाएपछि पालोवाला गुठियार (न्यायपाँचो)को घरमा जात्रा भि¥यााएपछि जात्रा सकिएको मान्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV