२० आश्विन २०७३, बिहीबार

मनसुन सकिएसँगै कालीगण्डकी नदीमा ¥याफ्टीङको सिजन सुरु भएको छ । अंग्रेजी महिना सेप्टेम्बरको मध्य देखि अक्टोबरको अन्त्य सम्म नेपालका नदीहरुमा जलयात्राको उपयुक्त सिजन भएको पर्यटन व्यवसायीहरुको अनुभव छ ।

Image result for rafting at parbat
असोज महिनाभर नै कालीगण्डकी नदीमा ¥याफ्टीङ गर्ने यात्राको मज्जा लिने बिदेशीहरुको संख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । बिशेष गरी पारिवारिक जलयात्राको लागि कालिगण्डकी नदिमा आउनेको संख्या दैनिक सय भन्दा बढी छ । नेपालमा कालीगण्डकी सँगै त्रिशुली र भोटेकोशी नदीमा पनि ¥याफ्टीङको मजा लिन सकिने ¥याफ्टीङ सञ्चालकहरु बताउँछन् । यद्यपी पर्यटकहरुले भने कालीगण्डकीलाई नै रोज्ने गरेका छन् । ¥याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटक सँगै स्वेदशी पर्यटकको भीड थपिदो छ ।
पोखरा हुँदै अन्नपुर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकहरु बढ्दै गएको ब्यवसायी बताउँछन् । पर्वतको पाङ गाविस स्थित नयाँपुल तथा मालढुंगाबाट शुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । संसारकै गहिरो गल्छी बनाएर बग्ने भएकाले कालीगण्डकीको चर्चा बिदेशमा पनि हुने गरेको पर्यटकहरु बताउँछन् । कालीगण्डकीको मनोरम दृश्य र यहाँका छाल नै पर्यटकहरुको पहिलो रोजाई हुनेगरेको छ । पर्वतमा ¥याफ्टिङ सञ्चालन गर्ने व्यवसायी नभएकाले छिमेकी शहर पोखराबाट विभिन्न पर्यटन व्यावसायीहरुको सहयोगमा पर्यटकहरु ¥याफिटङका लागि कालीगण्डकी नदीमा आउने भएपनि पछिल्लो समयमा ¥याफ्टिङ व्यवसाय सञ्चालन गर्नका लागि पर्वतका पर्यटन व्यवसायी समेत उत्साही देखिएका छन् । केही समय पहिला तीन दिन सम्मको ¥याफ्टिङ पश्चात् पर्वतका पर्यटन व्यवसायी शिव पौडेलले आफुहरुले पनि ¥याफटिङ सञ्चालन गर्न सक्ने र सहकार्यमा सञ्चालनमा ल्याउने योजना बनाएको बताउनुभयो ।
सिजनमा दैनिक दुई देखि दश समुहले ¥याफ्टीङका लागि समय तालिका बुकिङ गर्ने गरेको व्यवसायीहरुले बताएका छन् । कालीगण्डकीको पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति र जलचरहरुको अवलोकन पनि ¥याप्mटीङसँगै पर्यटकहरुको रोजाइ बन्ने गरेको छ । यस क्षेत्रमा मानवीय चहलपहल बढेसँगै देखिएको फोहोर व्यवस्थापन र नदीको सौन्दर्य बचाइराख्न भने सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV