२० आश्विन २०७३, बिहीबार

नेपालमा ठूला चाडपर्व नजिकिँदा सबैभन्दा उत्साहको आगमन सीमावर्ती भारतीय बजारमा हुने गरेको छ । भारतीय बजारमा तीज अगावैदेखि सुरु भएको नेपाली उपभोक्ताको भीड दिनहुँ बाक्लिदो छ । नेपालसँग जोडिएको भारतीय बजार रक्सौलमा यतिबेला नेपाली उपभोक्ताको चाप थेगिनसक्नु गरि बढेकोछ ।

41a4c619658acb0334f2c7aea4b2020csunauli-naka
स्थानीय व्यवसायीका अनुसार भारतीय बजारमा सामान खरिदका लागि जाने नेपालीहरूको भीड दशैं–तिहार तथा विवाह व्रतबन्ध जस्ता ठूला चाडपर्वमा झनै बढ्ने गर्छ । दशैं नजिकिँदा दिनहुँ हजारौं नेपाली उपभोक्ता दैनिक उपभोग्य सामान तथा लत्ताकपडा खरिदका लागि भारतीय बजार रक्सौल पुग्दा करोडौं रुपैयाँ विदेशिनुका साथै भारु सटही दर समेत महङ्गो छ । नेपाल राष्ट्र बैंकको दररेट १ रुपैया ६० पैसा भएपनि सटही व्यापारी हरुले १ रुपैया ७० पैसा सम्मको लिने गरेका छन् । भारतीय बजार रक्सौलमा मात्रै अहिले दैनिक ४ करोडभन्दा बढीको व्यापार हुने गरेको स्थानीय व्यवसायी बताउँछन् । दशैं पर्व नेपालीको भए पनि व्यापारिक क्षेत्रमा भने भारतीय व्यापारीहरूलाई दशैं आउने गरेको उनीहरुको ठम्याई छ । नेपाली उपभोक्ता जागरुक नहुँदा तथा सामानको मूल्य र गुणस्तरबीच तुलना गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको थोक तथा खुद्रा व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा बताउनु हुन्छ ।
। चिनी र केही लत्ताकपडा बाहेक अन्य सामानहरू नेपालमै सस्तो पाइने भए पनि उपभोक्ताको रोजाइमा भारतीय बजार परेकाले स्थानीय व्यापारीहरु भने चिन्तित देखिएका छन् । खासगरी घरायसी सामान किनमेल गर्ने छिमेकी जिल्ला बारा पर्साका महिलाको रोजाइमा भारतीय बजार परेको देखिन्छ । अन्य टाढा टाढाबाट आउने ग्राहकहरु खाद्यान्न भन्दा लत्ता कपडा तिर ध्यान दिने गरेका छन् ।
भारतीय सहर रक्सौल जाने ग्राहकहरु छिमेकी जिल्ल्ला बारा पर्सा, मकवानपुर, चितवन तथा काठमाण्डौबाट समेत आउने गरेका छन् । भन्सारले खाद्यान्न तथा व्यक्तिगत प्रयोजनका लागि ल्याइने कपडाहरुमा छुट दिने गरेकोले पनि चाडवाडमा पारी तिर भिड बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV