२० आश्विन २०७३, बिहीबार

एनटिभीबाट प्रसारण हुदै आईरहेको तितो सत्य,मेरी बास्सै, भद्रगोल, जिरे खुर्सानी लगाएतका हास्यटेलि श्रृंखलाहरु बन्द भएका छन् । यसरी हास्यटेलि श्रृंखलाहरु बन्द भए लगत्तै स्वर्णिम क्रियशनले नयाँ हास्य टेलिश्रृंखला प्रसारण गर्न थालेको छ ।

ke-jamana-aa
भद्रगोलका टेलि श्रृंखला ‘धतुरे’ सीपी पुडासैनीको लेखन र निर्देशनमा हास्यटेलिश्रृंखला ‘के जमाना आ’ यहि असोज १८ गतेबाट हरेक मंगलबार राति ९ः३० बजेबाट प्रशारणमा आउने भएको छ । दुई बर्षअघि देखि भद्रगोलमा ‘धतुरे’को भूमिकामा देखिएका पुडासैनी यस टेलिश्रृंखलामा भने फरक भूमिकामा देखिनेछन्् । उक्त टेलि श्रृंखलाको पहिलो भाग प्रसारण भईसकेको छ । हाँस्य कलाकार तथा निर्देशक पुडाशैनीका अनुसार नयाँ टिम सँग काम गर्दै गर्दा पहिलोे भागले राम्रो प्रतिकृया पाएको छ ।

01
त्यस्तै उक्त सिरियलमा प्रवेश दाहाल प्रहरीको भूमिका देखिएका छन् । सिरियलमा उनको स्वभाव जे भन्यो त्यो कुरा तत्कालै बिर्सने खालको छ । यस्तै सिरियलमा उमेश कुमार केसी डनको रुपमा छन् । उनको सिरियलमा ‘डिग्री’ नाम छ । सिरियलमा जसलाई पनि थर्काउने र सताउने खालको स्वभाव रहेको छ । भद्रगोलमा प्रोडक्सन हेरेका विकासराज पाण्डे पनि सिरियलमा नयाँ कमेडीका साथ उपस्थित भएका छन् । उनलाई सिरियलमा ‘साइको’ नामले चिनिन्छ ।
‘के जमाना आ’मा शिरोमणी दवाडी, उमेश कुमार,राधा श्रेष्ठ, शशिबिक्रम थापा, गोबिन्द प्रसाद खतिवडा, रोहनी लामा, बिकासराज पाण्डे लगायतका पुराना तथा नयाँ कलाकारहरुको प्रस्तुति रहेको छ ।
यस हास्यटेलिश्रृंखलालाई गोविन्द प्रसाद खतिवडाले निर्माण गरेका हुन् भने निर्माण सल्लाहकार बिष्णु नेपाल रहेका छन् ।‘परिवर्तनका लागि हासो’ मुल नारा बोकेर ल्याएको यो सिरियल नेपाल टेलिभिजनका लागि स्वर्णिम क्रियशनले प्रस्तुत गर्दै छ ।

02

प्रतिक्रिया दिनुहोस्
LIVE TV