१९ आश्विन २०७३, बुधबार

विदेशबाट भित्रिने रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्नेमा म्याग्दीका सरोकारवालाहरुले जोड दिएका छन् । बैदेशिक रोजगारमा गएका म्याग्देलीले पठाउने गरेको रेमिट्यान्स उत्पादनमूखी भन्दा उपभोगमुखी भएको उनीहरुको गुनासो छ ।

Image result for म्याग्दी
उत्पादनको क्षेत्रमा लगानीको वातावरण बनाउन आवश्यक रहेको उनीहरुको भनाई छ । म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिको प्रथम साधारण सभाको उद्घाटन गदैं सांसद नवराज शर्माले विदेशका सिकेको सिपलाई आफ्नै जिल्लामा प्रयोग गरेर विदेश पलायन रोक्ने योजनाहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । खाडी मुलुकदेखि विकसित मुलुकबाट भित्रिएको रेमिट्यान्सलाई विद्युत उत्पादन देखि कृषि, ब्यापार, उद्योग सहितका गतिविधिहरूमा प्रयोग गर्न सकेमा समृद्ध म्याग्दी बनाउने अभियान प्रभावकारी बन्ने भएकाले प्रवासी म्याग्देलीले सोही अभियानलाई विषेश प्राथमिकता दिन समेत उहाँले आग्रह गर्नुभयो । विपद् ब्यवस्थापनदेखि विभिन्न सामाजिक क्षेत्रमा प्रवासी म्याग्देलीले गरेको सहयोगले जिल्लाको आपत्कालीन समस्या समाधानमा सहयोगी भूमिका खेलेकोमा सहभागीहरुले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV