१९ आश्विन २०७३, बुधबार

दाङ, १९ असोज । दाङमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Image result for चितुवाको छालासहित दुई पक्राउ

देउखुरीको लमही बजारबाट एक थान चितुवाको छालासहित सिसहनिया–१ का टेकबहादुर केसी र लालमटिया–८ का मुक्तबहादुर थापालाई आज नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

चितुवाको छाला बोकेर हिँडिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV