१८ आश्विन २०७३, मंगलवार

कुन्दुस ९अफगानिस्तान०, १८ असोज । अफगानिस्तानको कुन्दुस प्रान्तमा सरकारी सुरक्षा फौजले आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा परी मङ्गलबार ४० भन्दाबढी तालिवानी लडाकु मारिएका छन् ।

Image result for kunduz state of afghanistan
कुन्दुस क्षेत्रबाट लडाकूलाई भगाउन गरिएको कारबाहीमा उनीहरुको मृत्यु भएको वरिष्ठ सुरक्षा अधिकारी महफुजुल्लाह अकबरीले जानकारी दिनुभयो ।

ताजिकिस्तानको सिमानामा पर्ने रणनीतिक महत्वको कुन्दुस प्रान्तको प्रान्तीय राजधानीसमेत रहेको कुन्दुस सहरमा तालिवानी लडाकू रहस्यमय तरिकाले सोमबार छिरेका थिए ।

उनीहरुलाई लखेट्न सरकारी सुरक्षा फौजले कुन्दुसमा केन्द्रीय सुरक्षा कारबाही चलाएको अकबरीले जानकारी दिनुभयो ।

घटनामा परी चार जना सुरक्षाकर्मी पनि मारिएका छन् भने १३ जना घाइते भएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
LIVE TV