१८ आश्विन २०७३, मंगलवार

निर्माता रोहीत अधिकारी र निर्देशक हेम राज बिसीले सम्बोधन र गाजलु पछि पुनः टिम अप गर्ने भएका छन् । निर्माता अधिकारीका अनुसार उक्त नयाँ प्रोजेकट लभस्टोरीमा आधारीत रहने भएको छ । नयाँ वर्षको सुरुआत सँगै फ्लोरमा जाने नयाँ प्रोजेक्टको लागी निर्माता अधिकारीले ह्याप्पि प्लानेट फिल्मस् सँग सहकार्य गर्ने भएका छन् । निर्माता अधिकारीले ह्याप्पि फिल्मस्को तर्फबाट दिपक खतिवडा र निर्देशक हेमराज बिसी सँग हस्ताक्षर गरेका छन् ।

sarqa
रोहीत र हेमराजको नयाँ अनटाईटल प्रोजेक्टको कथा पनि निर्देशक बिसी आफैले लेख्नेछन् । नयाँ प्रोजेक्टको लागी कलाकारहरु भने फाईनल गरीएका छैनन् । नयाँ प्रोजेक्टको लागी चर्चीत कलाकारहरुलाई समाबेश गरीने भनिएको छ । त्यस्तै, निर्माता अधिकारीका अनुसार पहिलेको फिल्म गजलु भन्दा अझ बढि बजेटको फिल्म निर्माण हुने भएको छ ।
निर्देशक हेमराज पनि महंगो निर्देशकको सुचिमा अटाएका छन् । निर्माता रोहीत अधिकारीले नयाँ प्रोजेक्टको लागी निर्देशक हेमराज बिसीलाई रु २५ लाख दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV