१७ आश्विन २०७३, सोमबार

काठमाडौँ,  असोज । उपराष्ट्रपति नन्दबहादुर पुन जर्मनी एकता दिवसका अवसरमा आज साँझ यहाँ आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।

नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत माथियास मेयरले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वमन्त्री, पूर्वसांसद, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, संवैधानिक अङ्गका प्रमुख, उद्योगपति, व्यापारी, नेपाल सरकारका उच्च पदाधिकारी र समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

अतिथिलाई स्वागत गर्र्दै राजदूत मेयरले भूकम्पपछिको पुनःनिर्माणमा जर्मनीलगायत अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जारी सहायता कार्यक्रम प्रभावकारी भए पनि भूकम्पपीडितलाई थप सहायताको आवश्यकता पर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV