१६ आश्विन २०७३, आईतवार

नेपाली सांगीतीक क्षेत्रमा छोटो समयमै धेरै चर्चामा आउन सफल गायिका हुन् मिलन अमात्य । गायिका अमात्यले नेपाली पाश्र्व गायन सँगै आधुनिक धेरै गितहरुमा स्वर दिईसकेकी छिन् । साथै गायिका अमात्यले पछिल्लो समयमा आफ्नो गीतमा आफैले फिचरीङ पनि गर्दै आईरहेकी छिन् । गायिका अमात्यको भर्खरै मात्र रिलीज गरीएको लठ्ठै बनायो बोलको गीतमा आफैले फिचरीङ पनि गरेकी छिन् । यो भन्दा पहिल्यै गायिका अमात्यले आफ्नै स्वरमा रहेको बिश्व सुन्दरी बोलको गीतमा पनि आफैले फिचरीङ गरिसकेकी छिन् । गायिका अमात्यले सानै देखि गायन सँगै नृत्यमा पनि आफ्नो रुचि रहेको बताउँदछिन् ।

vlcsnap-2016-10-02-21h16m41s195
भर्खरै मात्र गायिका अमात्यको एकल स्वरमा रहेको सुशान्तको स्मृति नामक गीती एल्बम पनि सार्वजनिक गरिएको छ । साथै गायिका अमात्यले दर्शक तथा श्रोताहरुको लागी (मिलन यात्रा)नामक गीती एल्बम पनि चाँडैनै सार्बजनिक गर्ने तयारीमा रहेको पनि जानकारी गराएकी छिन् । त्यस्तै यसै साता सांगीतीक कार्यक्रमको लागी अष्ट्रेलिया जाँदै गरेकी अमात्यले सोलो टाईपको गीत पनि न्यु ईयरमा रीलीज गर्ने बताउँदछिन् ।  गायिका अमात्यले हिन्दु धर्मावलम्बिहरुको नजिकीदै गरेको पर्ब दशैंको शुभकमना पनि सबैलाईलाई ब्यक्त गरेकी छिन् ।

vlcsnap-2016-10-02-21h17m48s111

प्रतिक्रिया दिनुहोस्
LIVE TV