१६ आश्विन २०७३, आईतवार

हाम्रा फिल्म उद्योगमा चर्चित ‘भिलेन’को रुपमा कहलीएका अभिनेता सुनील थापा म्युजिक भिडियोमा पनि नकारात्मक भूमिकामा नै देखिएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा थापा अभिनित ‘मनमा छ देउता’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । उक्त भिडिायोलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बास्कोटाद्धारा सार्वजनिक गएिको हो ।

vlcsnap-2016-10-02-20h47m43s229
सार्बजनिक गरीएको ‘मनमा छ देउता’बोलको गीतको भिडियोमा थापाका अलावा, विवेकसिंह ठकुरी, रोशन लगायतको अभिनय रहेको छ । अहिले बलिउयडमा ब्यस्त अभिनेता थापाले म्युजिक भिडियो सार्वजनिककै लागी आफू बम्बईबाट नेपाल आएको बताए । साथै उनले खेलेको म्युजिक भिडियो भन्दा पनि गायक जीवनको स्वर राम्रो लागेको हुनाले हौसला प्रदान गर्न आएको जानकारी गारए । भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । कृष्ण लिम्बुको शब्द तथा संगीतलाई जीवन कला प्रेमिले स्वरबद्ध गरेका हुन् ।

sada

प्रतिक्रिया दिनुहोस्
LIVE TV