१६ आश्विन २०७३, आईतवार

कपिलबस्तुको मयार्दपुर नाकामा सुरक्षा निगरानी कडा गरिएको छ । भारत र पाकिस्तानबीचको समस्या देखाउँदै भारतीय पक्षले सुरक्षामा कडाइ गरेको हो ।

map of kapil bastuको लागि तस्बिर परिणाम
कपिलबस्तुको सदरमुकाम तौलिहवा देखि ११ कि. मि. टाढा पर्ने मयार्दपुर नाकामा सुरक्षाको पेट्रोलिङ गस्तीले ५ जना टिमका एक जना कमान्डर सहित दशगजामा पैदल गस्ती शुरु गरेको सशस्त्र सिमा बलको पैट्रोलिङ गस्तीका कमान्डर कँुवरसिह पालले बताउँनुभयो ।
भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला शोहरतगढ थाना भित्र पर्ने खुनुवा सिमा नाका भारतीय पक्षबाट कडा गरिएको हो । माथिको आदेश आएको भन्दै सिमा निगरानी कडा परिएको भारतीय पक्षले बताएका छन् । पिलर नम्बर ५१, ५२, ५३, ५४ को क्षेत्र निगरानीको कार्य क्षेत्र भित्र परेको भन्दै पैदल गस्ती शुरु गरिएको भारतीय पक्षको दाबी छ । तर यसबारेमा कुनै पनि किसिमको जानकारी नआएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV