१६ आश्विन २०७३, आईतवार

गीतकार कादम्बरी दाना श्रेष्ठको एकल गीती एल्बम ‘सुशान्तको स्मृति’ सार्वजनिक भएको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा बिभिन्न सांगीतीक क्षेत्रका बिशेष ब्यक्तित्व र पत्रकारहरुको माझमा गीतकार दाना श्रेष्ठको ‘सुशान्तको स्मृति’सार्वजनिक गरीएको हो ।

vlcsnap-2016-10-02-12h53m33s681
‘सुशान्तको स्मृति’गीती एल्बममा समाबेश गरीएको सबै गीतहरु दाना श्रेष्ठ एकल रुपमा आफैले लेखेका हुन् । त्यस्तै, अहिलेको चर्चीत गायिका मिलन अमात्यले ती सबै गीतहरुलाई एकल रुपमा स्वरबद्ध गरेकी छिन्, भने मनराजा नकर्मीद्धारा ती सबै गीतहरुलाई संगीतबद्ध गरीएका छन् ।
गीतकार कादम्बरी दाना श्रेष्ठको ‘सुशान्तको स्मृति’गीती एल्बममाजम्मा पाँच वटा गीतहरुलाई समाबेश गरीएका छन् । जस्मा, छोडी जाने,चोट माथि,कसलाई भनु,हरेर लग्यो र दुनियालाई जस्ता गीतहरु समाबेश गरीएका छन् । कार्यक्रममा उपस्थित गायिका अमात्यले ‘सुशान्तको स्मृति’एल्बम एल्बममा समाबेश गरीएका एउटा गीत पनि प्रस्तुत गरीन् ।

vlcsnap-2016-10-02-12h54m38s300

प्रतिक्रिया दिनुहोस्
LIVE TV